Breaking News

Radio Star

नेपाली महिलाद्धारा १ सय ४५ पिन्ट रगत दान , गिनिज बुकमा नाम लेखाउने तयारी

शेखर रेग्मी प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार १७:०७

शेखर रेग्मी ,
विराटनगर २७ चैत । विश्वमै सवैभन्दा बढी रगत दान गरेर नेपालकी एक मारवाडी महिलाले गिनिज बुकमा नाम लेखाउने तयारीमा छन । मारवाडी समूदायकी ५२ बर्षिय नीता घिराईयाले हाल सम्म १ सय ४५ पिन्ट रगत रगत दान गरिसकेकी छन । महिलामा सवैभन्दा बढी रगत दान गर्ने सम्भवत उनी पहिलो महिला रहेको दावी सहित त्यसको लागी गिनिज बुकमा नाम लेखाउने प्रक्रृया सुरू भैसकेको छ ।

रगतकै अभावमा कुनै नेपालीले अकालमै ज्यान गुमाउन नपरोस भन्ने ध्येय राखेर उनले हालसम्म ५१ लिटर रगत दान गरेको बताईन । जवकी स्वस्थ्य मान्छेको शरिरमा २० देखी २३ लिटरसम्म रगत हुन्छ ।
पुरूषमा रगतदान गर्नेले गिनिज बुकमा नाम लेखाएपनि महिलाको नाम लेखाउने नीतालाई सौभाग्य मिल्दैछ ।
१४ बर्षको कलिलो उमेर देखीनै उनले निरन्तर रूपमा रगतदान सुरू गरेकी हुन । प्रत्येक बर्ष ४ पिन्ट रगत उनी दान गर्छिन । दान गरेको रगतले धेरै नेपालीको ज्यान बाँचेको छ । नीता भन्छिन ,“ ३÷३ महिनामा रगत दान गरेर नेपालीलाई जीवन दान दिइरहेको छु । ”
सानै छँदा छिमेकी महिला आफ्नै आँखाको अगाढी छतबाट लडेर रगतको अभावमै मृत्यू भएको घटनाबाट प्रेरित भएको सुनाउदै उनले त्यही प्रेरणाले रगतदान दिन सुरू गरेको बताईन । उनी थप्छिन , “यो क्रम अहिले सम्म जारी राखेको छु र शरिरले साथ दिएसम्म कति सक्छु रगत दान गरिरहन्छु । ”
विस २०३६ सालदेखी लगातार रगत दान गर्न सुरू गरेकी नीताले ५२ को उमेर काटदा सम्म दान गर्न क्रमभंग गरेकी छैनन । धेरै रगत दान गर्दा अस्वस्थ हुँइन्छ भन्ने भ्रमलाई चूनौती दिनै उनले आफ्नो उदाहरण प्रस्तुतु गर्दै भनिन , “ के म अस्वस्थ्य देखिन्छु त ?” , नीता भन्छिन , “जति रगत दान गर्न सकिन्छ त्यतीनै स्वस्थ्य हुँईन्छ ।” उनको बुझाईमा ३÷३ महिनामा नयाँ रगत उत्पादन हुने र पृरानो रगत त्यतीकै खेर जाने गर्छ । खेर जाने रगत दान गर्न उनले सवैसँग अपिल गरिन ।
काठमाण्डौको लक्ष्मी ब्लड बैक र फोन कलमा पनि उनले रगत दान गरिरहेकी छन । २ छोरा र १ छोरीकी आमा नीताका छोरा राहुलले पनि ३५ पिन्ट रगत दान गरिसकेका छन ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार १७:०७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives