Breaking News

Radio Star

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध, अब खेल्न नपाइने

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १६:२८

काठमाडौं, २८ चैत्र । चर्चित इन्टरनेट  गेम पब्जी नेपालमा खेल्न नपाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उक्त खेलमाथि प्रतिवन्ध लगाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको विशेष आग्रहमा दूरसञ्चार प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने नमिल्ने बनाउनका लागि पत्र पठाइएको जानकारी दिए। यो खेल विश्वभर नै लोकप्रिय बनेको थियो । बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय बनेको पब्जी खेलका कारण मानसिक समस्या समेत उत्पन्न भएको र यो खेल लत(नशा) को रुपमा रहेको भन्दै विज्ञहरुले यसलाई बन्द गर्न सुझाव दिँदै आएका थिए । केही समय अघि छिमेकी देश भारतको गुजरातमा लगातार ४५ दिनसम्म पब्जी खेल्दा एक जना युवाको मृत्यु भएको घटना समेत सार्वजनिक भएको थियो । २०१७ मा दक्षिण कोरियाको ब्लु होल भन्ने कम्पनीले सार्वजनिक गरेको अनलाइन खेल पब्जीमा एकै पटक ६ जनासम्मले काल्पनिक युद्ध गर्न सक्छन् । मनोविद्हरूका अनुसार अर्को पक्षलाई जति मार्‍यो उति खेलाडीको प्रगति हुने यो खेलमा घण्टौंघण्टा बिताउने गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १६:२८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives