Breaking News

Radio Star

विद्युतीय गाडीमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १७:४०

काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका छन् । विहीबारबाट काठमाडाैंमा शुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्योग र आर्थिक क्षेत्रको उन्नतिका लागि कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न उद्यागी तथा व्यवसायीलाई आग्रह गरे । उनले उद्योगीहरुलाई अवसर, अधिकार र सहुलियत दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानूनी व्यवस्था गर्न सरकार तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले चाँडै विद्युतीय गाडीको कारखाना स्थापना गर्ने तयारी भइरहेको समेत जानकारी दिए । उनले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । उनले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको पनि स्पष्ट पारे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीहरुको सुझाव अनुसार आवश्यक ऐन, कानूनको व्यवस्था गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराइन् । उनले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न निजी क्षेत्र प्रतिवद्ध रहेको बताइन् । अध्यक्ष राणाले उद्योगीहरुले आफ्नो गाँस काटेर राज्यलाई कर तिर्दा पनि सम्मान हुन नसकेको समेत गुनासो गरेकी थिइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १७:४०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives