Breaking News

Radio Star

उद्योगी स्व.दिवाकर गोल्छाको आज अन्त्येष्टि गरिएको छ । उपचारका क्रममा भारतको चेन्नेइमा निधन भएका उद्योगी तथा पूर्वसांसद गोल्छाको मारवाडी समुदायको रितिअनुसार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।  गोल्छाको पार्थिव शरीर भारतबाट आज दिउँसो ३ बजे काठमाडौं ल्याइ साँझ सम्म गोल्छा निवाश बुद्धनगरमा श्रद्धान्जलीको लागि राखिएको थियो । मृगौला सम्बन्धि रोगको उपचारको लागि भारत गएका गोल्छाको मंगलबार राति निधन भएको थियो । ६७ वर्षीय गोल्छाका २ छोरा रहेका छन् । स्व.गोल्छाका दुई छोरा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र गोल्छा अर्गनाइजेसनका निर्देशक अभिमन्यु गोल्छा रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसक्नु भएका गोल्छाको नेपालको औद्योगीकरणमा महत्त्वपूर्ण भूमिका छ । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना पूर्वउपाध्यक्षको श्रद्धान्जली सभा भने बैशाख २ गते काठमाडौँमा गर्ने बताएको छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १९:१२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook