Breaking News

Radio Star

विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल नै बन्द

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार ०७:५९

विराटनगर, २९ चैत्र । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकांश सामुदायिक विद्यालय विद्यार्थी खोज्दै घरदैलो अभियानमा छन् । तर विराटनगरको एक सामुदायिक विद्यालय भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल नै बन्द गरेर बसेका छन् । पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटाभन्दा पाँच गुणाबढीले आवेदन फारम भरेपछि प्रवेश परीक्षा अगवौ सबै शिक्षकहरु ‘मोवाइल अफ’ गरेर बसेको गोरखापत्र दैनिकमा खबर छ । विद्यार्थी भर्नाका लागि उच्च तहका कर्मचारी मात्र होइन, उपल्लो तहका राजनीतिक नेताको समेत दबाब आउन थालेपछि मोबाइल नै अफ गर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले बताए । प्रवेश परीक्षा शुरु भएदेखि नतिजा नआएसम्म फोन अफ हुने पनि उनले बताए । विद्यालयले ४०३ नयाँ विद्यार्थीका लागि लिएको आवेदनमा २ हजार ७७ विद्यार्थीले फारम भरेका छन् । नेपाली माध्यममा पठनपाठन हुँदै आएको त्यस विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै आएपछि शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै २०७० सालबाट अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएको हो । त्यसपछि विद्यालयको गुणस्तर सुध्रिनुका साथै विद्यार्थीको संख्या पनि थेग्नै नसक्ने गरी बढ्न थालेको छ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार ०७:५९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives