Breaking News

Radio Star

काठमाडौं, २९ चैत्र । आर्थिक रूपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले दिएको छ । स्रोतले भन्यो— अनौपचारिक जानकारी आएको छ, उनीहरूका धेरै जहाज ग्राउन्डेड भएका कारण उडान रोकेको हुनुपर्छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई जेट एयरवेजले विमानस्थलको सेवा प्रयोग गरेबापत १८ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता छ । आर्थिक रूपमा समस्याग्रस्त भएको यस एयरवेजको सेवा बन्द हुँदा बक्यौता उठाउन कठिन हुन सक्नेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १०:५१

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  bir[email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook