Breaking News

Radio Star

फ्राइडे रिलिज: अनमोल र सलिनमानको भिडन्त

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार ११:१३

आज शुक्रबार नयाँ चलचित्र प्रदर्शनमा आउने दिन । तपाई पनि फुर्सदको समयमा नयाँ वर्षको पुर्व सन्ध्यालाई साथी भाइ आफ्न्त वा प्रिय मान्छेसँग चलचित्र हेर्न जाने योजना बनाउँदै हुनुहुन्छ भने यतिबेला तपाईँ नजिकैका हलहरुमा दुइ नीपाली चलचित्र प्रदर्शनमा आएका छन् ।  झरना थापा निर्देशित, अनमोल केसी र झरनाकी छोरी सुहाना थापाको डेब्यु चलचित्र ‘ए मेरो हजुर ३’ तथा सलीन मान बनियाँ अभिनित यस चलचित्र ‘यात्रा: अ म्युजिकल भ्लग’ एक साथ प्रदर्शनमा आएका हुन् ।

पछिल्लो समय यि दुइ चलचित्रले चलचित्र नगरीमा हलचल मच्चाइरहेका छन् । चलचित्र यात्रा, ए मेरो हजुर २ बाट डेब्यु गरेका सलीन  र ए मेरो हजुर ३, सुहानाको डेब्यु चलचित्र जसमा युवा स्टार अनमोलाले अभिनय गरेका छन् । र यात्रामा भने सालीनलाई जान्वी बस्नेतले स्क्रीनमा साथ दिएकी छिन् । सम्राट शाक्यले निर्देशन गरेको यात्रा एक भ्लगरको कथा हो ।  सम्राट शाक्यको निर्देशन रहेको फिल्म ‘यात्रा ः म्युजिकल भ्लग’मा सलिनमान बनिया, सलोन बस्नेत, मालिका महत, जान्वी बस्नेत, जयनन्द लामा , रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायत कलाकारको अभिनय रहेको छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि फिल्ममा अभिनय रहेको छ । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो । कलाकार समेत रहेका केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन्, भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको फिल्मले यात्राका क्रममा आउने प्रेम र उतारचढापलाई प्रस्तुत गरेको छ ।

झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’मा अनमोल केसी र झरनाको छोरी सुहानाको मुख्य भुमिका रहेको छ । संगीतिक प्रेमकथामा बनेको यो फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ ।  सुनिल कुमार थापाले निर्माण गरेको फिल्मको बिहिबार साँझ प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा कलाकार तथा पत्रकारको उपस्थिती रहेको थियो । प्रिमिएरमा अधिकाम्सले फिल्मको बारेमा मिश्रित प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार ११:१३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives