Breaking News

Radio Star

दाल, भात, तरकारीको ट्रेलर सार्वजनिक (भिडियो)

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १४:०९

मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ । अमेरिका जाने सपना पालेर बसेका व्यक्तिहरुको कथालाइ फिल्ममा समेटेको ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ । मह सञ्चार र किरण केसीले निर्माण रहेको फिल्म दाल भात तरकारीमा सुदन केसीको निर्देशन रहेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय रहेको छ । फिल्मका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् । दिर्घ गुरुङको छायांकन रहेको फिल्म यहि बैशाख २० बाट प्रदर्शनमा आउदै छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १४:०९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives