Breaking News

Radio Star

भारतीय निर्देशक राजकुमार कपूरको निधन

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १६:१२

बलिउड निर्देशक राजकुमार कपूरको निधन भएको छ । उनलाई अभिनेता शाहरुख खानलाई ‘ब्रेक’ दिने निर्देशकका रुपमा पनि बलिउडमा लिने गरिन्छ । सन् १९८८ को चर्चित कार्यक्रम ‘फौजी’ का निर्देशक कपूरको बुधवार निजी अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ८७ वर्षीय कपूरको निधन भएको उनकी छोरी ऋतम्भराले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी गराएकी थिइन् । बिहीवार नै कपूरको अन्तिम संस्कार गरिएको छ । सेनाका कर्नेल समेत रहेका कपूर अवकाशपछि मुम्बई आएर विज्ञापन र टिभी शो निर्माण गरेका थिए । उनले उपन्यास ‘ह्वेन शिवा स्माइल्स’ पनि लेखेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १६:१२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives