Breaking News

Radio Star

पोखरा, २९ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टीलाई एकतावद्ध बनाउँदै मनाउनु पर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले नयाँ वर्षबाट पार्टीलाई एकतावद्ध बनाउँदै अघि बढ्नु पर्ने बताए । सभापति देउवाले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा हुने संसदीय उपनिर्वाचनमा पार्टी एक्यबद्ध हुनुपर्ने बताए । कार्यक्रममा कांग्रेसका  नेता नेता रामचन्द्र पौडेलले आगामी १० महीनापछि पार्टीको १४ औँ महाधिवेशन गरी पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने बताए । उनले निर्धारित समयमा महाधिवेशन नभए कांग्रेसलाई अपूरणीय क्षति हुने बताए । उनले नेपाल महिला सङ्घलाई पार्टीको सङ्गठनलाई बलियो बनाउन टोल–टोलमा समिति गठन गर्न आह्वान गरे ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १६:१६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook