Breaking News

Radio Star

नेपालमा नवजात शिशुको आँखामा गाजल लगाउने पुरानो प्रचलन रहेको छ । बालबालिकाको आँखामा लगाइएको गाजलले उनीहरुलाई निकै आकर्षक देखिन्छ । आँखा राम्रो देखाउनका लागि मात्र नभएर स्वस्थ राख्न गाजल लगाउनु पर्ने पुरानो मान्यता छ तर यो वास्तविक हो त ? गाजल लगाइदिने आमाहरुको तर्क हुन्छ, बालबालिका राम्रा देखिन्छन् । गाजलले आँखाको ज्योति राम्रो हुन्छ, त्यस्तै बालबालिकामाथि अरुले आँखा नलगाउन् भन्नका लागि गाजल लगाउने गरिएको छ । लगाउन हुन्छ ? शिशुको आँखा उसको शरीरको सबैभन्दा सम्बेदनशील अंग हो । बालबालिकाले ठूला मानिस जस्तो आफ्नो आँखाको हेरचाह गर्न सक्दैनन् । र आँखामा आएको समस्या बताउन पनि सक्दैनन् । आँखामा गाजल लगाउनु त्यति सुरक्षित मानिँदैन तर नेपालमा यसको व्यापक रुपमा प्रयोग हुने गरेको छ । बालबालिका र युवतीहरुले यसको प्रयोग गर्ने गरेका छन् । बालबालिकामा गाजल लगाइदिँदा उनीहरुलाई यसले पीडा दिन सक्छ । घरमा बनाइएको गाजल लगाउँदा सुरक्षित हुन्छ भन्ने सोच्ने गर्नु भएको छ भने त्यो पनि सही नहुन सक्छ । किनकी गाजल लगाउँदा त्यसले बालबालिकामा इन्फेक्सन हुन सक्छ । बालबालिकाले आँखामा लगाइएको गाजललाई हातले चलाउने गर्छन् र हातमा पनि इन्फेक्सन हुन सुक्छ । बजारमा पाइने गरेको गाजलमा लिड(सीसा) को प्रयोग अत्याधिक हुने गरेको छ । लिडको आँखामा प्रयोग निकै हानिकारक हुन्छ । गाजलमा मुख्य रुपमा एमार्फसे, कार्बोन, जिंकेट, म्याग्नेटाइट तथा माइनिमम पाइन्छ । जब शिशुको आँखामा लामो समयसम्म गाजलको प्रयोग हुन्छ तव यसले ठूलो असर गर्छ । गाजलमा हुने यी तत्वले शिशुको दिमागमा नराम्रो असर पर्छ र शिशुलाई बोनम्यारो हुने खतरा हुन्छ । गाजलबाट भएको संक्रमणका कारण आँखामा पानी आउने समस्या उत्पन्न हुन सक्छ । आँखामा हुने कार्निया धूलो, माटो र फोहरप्रति निकै सम्वेदनशील हुन्छ । त्यसैले गाजल लगाउनु अघि एकपटक विचार गर्नुहोला, लगाउँदा राम्रो देखिएपनि यसबाट हुने असरले कतै तपाईको बालबालिकामा आँखाको समस्या त आउँदैन ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १६:२०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook