Breaking News

Radio Star

‘ए मेरो हजुर ३’ को आक्रमक ओपनिङ

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार १७:०५

०७५ सालको अन्त्यमा रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’ ले प्रदर्शनको पहिलो दिन सुखद सुरुवात गरेको छ । निर्माता र वितरकले झरना थापा निर्देशित फिल्मलाई आक्रमक ओपनिंग भनेका छन् । निर्माता सुनिल कुमार थापाका अनुसार फिल्म ए मेरो हजुर ३ ले बिहानी शो देखि नै सुखद सुरुवात गर्न सफल रह्यो । मध्यान्ह कमलादीस्थित बिग मुभिजमा दर्शकसँग प्रतिक्रिया बुझ्न पुगेकी निर्देशक थापाले ए मेरो हजुर ३ ले ब्ल्कबस्टर ओपनिंग गरेको जानकारी दिइन् । ‘सिंगल र मल्टिप्लेक्स दुबैमा फिल्मले राम्रो गरिरहेको छ’, झरनाले भनिन्, ‘फिल्मलाई दर्शकले मन पनि पराइदिनु भएको छ ।’ साँगीतिक प्रेम कथामा बनेको फिल्म ‘ए मेरो हजुर ३’ मा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ । सुहानाको यो पहिलो फिल्म हो । पहिलो फिल्मबाटै सुहानाले वाही वाही बटुलिरहेकी छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार १७:०५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives