Breaking News

Radio Star

संसारकै ठूलो बिमानले उडान भर्‍यो

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार १५:४०

३ सय ८५ फिट लम्बाई भएको संसारकै सबैभन्दा ठूलो बिमानले पहिलोपटक अमेरिकाबाट उडान भरेको छ । अमेरिकी फुटबल मैदानको आकारमा रहेको बिमानमा ६ वटा इन्जिन रहेका छन् । स्ट्रेटोलन्च नामक कम्पनीले निमार्ण गरेको यो बिमान अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ निर्माण गरिएको बताइएको छ । बिमानमा ३८५ फिट लामो पंखा, २ वटा ककपीट, ५ लाख पाउण्ड भन्दा बढी तौल रहेको छ।
सफल परीक्षणपछि यो बिमानले अन्तरिक्षमा कुनै सामान पठाउँदा प्रयोग गरिने रकेट पठाउनुभन्दा पनि सस्तो र सुलभ हुने बताइएको छ ।
यो बिमानबाटै रकेटहरु पनि परीक्षण गर्न सक्ने खालको रहेको छ। बिमानको लागत अहिलेसम्म सार्वजनिक गरिएको छैन। सीएनएनका अनुसार झण्डै साढे २ घण्टा परीक्षण उडानका क्रममा बिमानले १५ हजार फिटभन्दा उचाइमा प्रतिघण्टा १ सय ७० माइल उडेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार १५:४०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives