Breaking News

Radio Star

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कामको सिन्को नभाँचेको आरोप लाएका हुन् । उनले सरकार जनतालाई राहत नभई महंगी बृद्धि गरेर ढाड सेकाउनमा मात्रै तल्लिन रहेको आरोप लगाए । नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने अवसर पारेर धनगढीमा रहेको निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै सापति देउवाले अहिलेको दुई तिहाई सरकार हत्या हिंसा जस्ता जंघन्य अपराधिक कृयाकलापमा रहेकालाई कानुनको दायरामा नल्याएर जग हसाँउने कार्य गरिरहेको आरोप लगाए । सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको भन्दै सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिंको नभाँच्ने प्रबृत्तिमा अहिलेको सरकारमा रहेको आरोप लगाए । संसदमा प्रतिपक्षको भुमिकामा नेपाली काँग्रेसको उपस्थिति नभएको एक अर्को प्रश्नमा देउवाले दुई तिहाईकै सरकारमा रहेकाहरुले प्रतिपक्षको भुमिका खेलिरहेको भन्दै यो सरकारको आयु धेरै नरहेको बताए ।

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार १९:४३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives