Breaking News

Radio Star

आलियालाई हलिउड फिल्म गर्ने इच्छा

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार १९:४४

बलिउड अभिनेत्री आलिया भट्टले हलिउडमा राम्रो अवसर मिले काम गर्ने इच्छा व्यक्त गरेकी छन् । उनी चाँडै ‘बाहुबली’ फेम्ड निर्देशक एस एस राजामौलीको बहुप्रतिक्षीत फिल्म ‘आरआरआर’ बाट तेलुगु फिल्म उद्योगमा प्रवेश गर्दैछिन् । यसमा राम चरण र जुनियर एनटिआर लिड रोलमा छन् । आलिया नयाँ उद्योगमा प्रवेश गर्नु मुश्किल रहेको बताउँछन् ।
उनी भन्छिन्, ‘मलाई विश्वास छ कि, म कुनै दिन हलिउड जानेछु र चाँडै आउनेछु । यो बिल्कुलै एक नयाँ उद्योेगमा पाइला राख्नुजस्तो हो र यो सजिलो त पक्कै हुँदैन । तर, मलाई यो गर्नुछ ।’ हालै उनले आफूभन्दा २६ वर्ष जेठा सलमान खानसँग काम गर्ने विषयलाई लिएर पनि बयान दिएकी छन् । दुईको उमेरलाई लिएर अहिले सोसल मिडियामा ट्रोल बनिरहेको छ ।
यस विषयमा आलिया भन्छिन्, ‘यसमा मैले कुनै क्रिटिसिजम देखिनँ, म त निकै धेरै एक्साइटमेन्ट छु ।’ भेट्रान निर्देशक सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साअल्ला’ मा सलमान र आलियाको जोडी बाँधिएको छ । दुईले पहिलो पटक काम गर्न लागेका हुन् । दुईबीच उमेरमा ठूलो अन्तर भएका कारण पर्दामा उनीहरुको जोडी नसुहाउने टिका-टिप्पणी भइरहेको छ ।
आलिया अगाडि भन्छिन्, ‘फिल्मलाई लिएर अहिले जे पनि अडकल चलिरहेको छ त्यसले म, सलमान र सञ्जयलाई कुनै असर गर्दैन । झन् मलाई लाग्छ कि, अडकल पनि एक प्रकारको एक्साइटमेन्ट नै हुन्छ । सञ्जय लीला भन्साली एक यस्ता फिल्ममेकर हुन्, जसको सबैले सम्मान गर्छन् र उनले कयौं राम्रो फिल्म दिएका छन् ।’ अहिले उनी फिल्म ‘कलंक’ को प्रचारमा छिन् ।

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार १९:४४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives