Breaking News

Radio Star

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान आइतबार मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो। प्राप्त सिसिटिभी फुटेज अनुसार मनाङ एयरको हेलिकप्टर ल्यान्ड भएको केही समयमा नै समिटको विमान ठोक्किन आएको थियो।  रनवेको दायाँ भागमा रहेको हेलिकप्टर पार्किङ स्थलमा मनाङको हेलिकप्टर ल्यान्ड भएको केही समयमा नै एउटा विमान टेक अफ गर्छ। त्यतिबेलासम्म समिट एयर रनवेको बायाँ पट्टी रहेको पार्किङ स्थलमा नै टेक अफका लागि तयार भएर रहेको हुन्छ। पहिलो विमान टेक अफ गर्ने बित्तिकै समिटको विमान पार्किङ एरियाबाट बायाँ मोडिएर युटर्न लिई रनवेमा सीधा उड्न तयार भयो।  विमानमा यात्रु कोही थिएनन्। पाइलट, को पाइलट र एयरहोस्टेस मात्रै थिए। अहिले सगरमाथाको सिजन भएको हुनाले लुक्लामा आउने विमानको चाप रहेको छ।  ‘विमानमा यात्रु थिएनन्’, दुर्घटना हुँदा विमानस्थलमै रहेका तर बल्लतल्ल भागेर ज्यान जोगाएका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले पहिलोपोस्टलाई भने, ‘सिजनको समयमा यात्रु आउने धेरै, जाने कम हुन्छन्। कुनै कुनै समय त खाली खाली विमान उड्ने गरेको देखिएको छ। आज पनि त्यस्तै भयो।‘ रनवेबाट विमानले गति लिई भूँइ छोड्नु पर्नेमा ओरालो ठाउँमा पुगेपछि एक्कासी दायाँतिर मोडिएर हेलिकप्टर पार्किङतर्फ गएको र मनाङको हेलिकप्टरलाई घिसारेर लगेको सिसिटिभी फुटेजमा देखिन्छ।

हेर्नुस् भिडियो-

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार २०:२०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook