Breaking News

Radio Star

लागुऔषधसहित तीन जना महोत्तरीबाट पक्राउ

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १०:५५

भारतबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याब्लेट ६०० पिस लिएर नेपाल प्रवेश गरेका तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका–९ बस्ने देवकृष्ण महतो, धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ बस्ने रामदेव महतो र वडा नं २ बस्ने विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारतबाट कन्हमा बजारबाट ज ९ प ६३७१ नम्बरको मोटरसाईकलमा तीन जना बसी जिल्लाको सम्सी गाउँपालिकामा आउँदै गर्दा सीमानाकामा रहेका प्रहरी चौकी सम्सीका प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट ६०० पिस नाइट्रोभेट लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १०:५५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives