Breaking News

Radio Star

सरकारले आजबाट विद्यार्थी भर्ना अभियान सुरु गर्दै

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १२:३५

सरकारले आजबाट विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याऔँ नाराका साथ शिक्षा मन्त्रालयले अभियान सुरु गर्न लागेको हो । देशका ७ सय ५३ वटै स्थानीय तहमा घरदैलो अभियान गरेर पढ्ने उमेर भएका तर विद्यालय बाहिर रहेका बालबालिकालाई स्कुल भर्नाका लागि आह्वान गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार यस वर्ष ९१ हजार बालबालिका विद्यालय बाहिर छन् । बैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुबैतर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने मन्त्रालयको अपेक्षा छ । विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष भर्ना अभियान सञ्चालन गर्दै आइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १२:३५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives