Breaking News

Radio Star

अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले मुलुकको उत्तरमा रहेको कुन्दुज शहरआसपास भीषण आक्रमण गरेको छ ।सयौंको सङ्ख्यामा आएका तालिबानी लडाकुले कुन्दुज शहरको बाहिरी क्षेत्रमा भीषण आक्रमण गरिरहेको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।  आक्रमणमा भएको क्षतिबारे स्पष्ट नभइसके पनि अफगान सेनाले भने भीडन्तमा ४० भन्दा धेरै तालिबान लडाकु मारिएको तथा मौलवी नासिर नामक वरिष्ठ कमाण्डरसहित १२ तालिबान लडाकु घाइते भएको जनाइएको छ । कुन्दुज शहरमा भएको भीडन्तका क्रममा दर्जनौं मानिसहरु विस्थापित भएको अफगान अधिकारीले जनाएका छन् । हताहतिबारे कुनै टिप्पणी नगरेपनि तालिबानले पछिल्लो आक्रमण वसन्त ऋतुको सैनिक अभियान अन्तर्गत गराइएको जनाएको छ । पछिल्लो शुक्रबार तालिबानले अल फतेह नाम दिएर वसन्त ऋतुको आक्रमणको घोषणा गरेको थियो । हिउँद याममा अफगानिस्तानमा भारीमात्रामा हिउँ पर्ने भएकाले तालिबानले वसन्त ऋतुबाट सैनिक अभियान थाल्ने गरेको छ । वसन्त ऋतुको सैनिक आक्रमणको घोषणा गरेलगत्तै अफगानिस्तानका विभिन्न क्षेत्रमा तालिबान र सरकारी सुरक्षा फौजबीच भीषण भीडन्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १३:४३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook