Breaking News

Radio Star

विवेकशील साझा पार्टीले हायात तथा बालुवाटार जग्गा अनियमितता प्रकरणको विरोधमा प्रदर्शन गरेको छ ।बालुटारस्थित प्रधानमन्त्री निवास अगाडि सो पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । सरकारलाई खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको सो पार्टीले जनाएको छ । ठूला माछा समाउ अभियान भन्ने नाराकासाथ भएको प्रदर्शनमा उनीहरुले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, ह्यात, बबहरमहललगायत देशभरका सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेलाई कानुनी दायरमा ल्याउन माग गरेका छन् । भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत प्रदर्शन गरिएको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बताउनुभयो । प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताले ‘भ्रष्टाचार कहिले सम्म, जनता सचेत नभएसम्म’, बालुवाटार बेच्नेले सिंहदरवार पनि बेच्लान्, होशियार’, ‘नेताहरुको सम्पत्ति छानबिन गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । भूमाफियालाई कारवाही नगरेसम्म अभियान जारी राख्ने जनाइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १३:५८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook