Breaking News

Radio Star

दुई मोटरसाईकल आपसमा ठोक्किदा एक जनाको मृत्यु

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १४:२२

झापाको कमल गाउँपालिका–६ गेउरिया भन्ने ठाउँमा आइतवार २ वटा मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत राती साढे ८ बजे पाडाजुगीबाट दक्षिण तर्फ जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ४ प १६५८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा मे ४ प १६५८ नम्बरको मोटरसाईकल चालक कमल गाँपालिका(६ बस्ने बर्ष २१ को प्रबिण राजवंशी, मोटरसाईकलको पछाडी सवार बर्ष २६ को मनोज शाह र मे १० प ६८५१ नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका(४ बस्ने बर्ष २२ को लोकेश ठटाल घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारको लागि दमक स्थित लाईलाईन अस्पताल लैजाने क्रममा मे ४ प १६५८ नम्बरको मोटरसाईकल चालक प्रविण राजवंशीको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १४:२२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives