Breaking News

Radio Star

गोग्राहा पूर्व विद्यार्थीको अध्यक्षमा रेग्मी

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १५:१८

 

विराटनगर २ बैशाख । गोग्राहा माध्यमिक विद्यालयका अध्यनरत पूर्व विद्यार्थीको भेलाले शेखर रेग्मीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रमिला गच्छदार , महासचिवमा मुरारी दाहाल र कोषाध्यक्षमा प्रकाशहरि दाहाल छन । सदस्यमा तिलक घिमिरे , रञ्जिता रिजाल , मुन्ना रेग्मी , रम्भा अधिकारी र गीता पोखरेल छन । ०४५ देखी ४७ सम्म एसएलसी दिएका पूर्व विद्यार्थीहरूको भेलाले पहिलो पटक समिति गठन गरेको हो । भेलामा गोग्राहा मा.विका पूर्व प्रधानाध्यापक सुश्री मीना जोशी , दुखाराम गच्छदारको पनि सहभागिता थियो । सहभागि पूर्व विद्यार्थीलाई दुवै प्रधानाध्यापकले मायाको चिनो दिएर सम्मान गरे ।
पुराना विद्यार्थीलाई एउटै थलोमा ल्याउने र आपसी समवन्धलाई थप सुद्धिढ बनाउदै जाने उद्देश्यले समितिको गठन गरिएको अध्यक्ष रेग्मीले बताए । समितिले प्रत्येक बर्ष भेला , पिकनिकको आयोजन गर्ने र चाडै पूर्व विद्यार्थी सहभागि भएर सहकारी संचालन गर्ने तयारी भएको रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १५:१८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives