Breaking News

Radio Star

आईसीसी विश्वकप २०१९ खेल्ने भारतीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सोमबार भारतीय क्रिकेट बोर्डले कप्तान विराट कोहलीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको कप्तानी कोहलीले पाउँदा उपकप्तानको जिम्मेवारी रोहित शर्मालाई दिइएको छ । मे ३० देखि इङ्ग्ल्यान्ड र वाल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकपमा भारतीय टोली बलियो टोलीका रुपमा रहेको छ । भारतीय टोलीमा कप्तान कोहलीसँगै रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी र केदार ज्यादव छन् । यस्तै, दिनेश कार्तिक, युज्भेन्द्र चाहाल, कुलदिप यादव, भुवनेश्वर कुमार, जस्प्रीत बुम्राह छन् भने, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद शामी पनि टोलीमा रहेका छन् । अहिलेसम्म विश्वकप खेल्ने १२ देशमध्ये तीन देशले आफ्नो टिमको घोषणा गरिसकेका छन् । यसअघि न्यूजिल्यान्ड र आज बिहानमात्रै अस्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १८:०७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook