Breaking News

Radio Star

शताब्दीपुरुष सत्यमोहनको आँगनमा नेपाली लेखक संघ मोरङ

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार २१:०७

विराटनगर, २ वैशाख । वाङ्मयसेवी एवं संस्कृतिविद श्री सत्यमोहन जोशी शताब्दी बर्षमा प्रवेश गरेको उपलक्ष्यमा उनकै निवास ललिपुरमा पुगेर देशका विशिष्ट साहित्यकारहरुले सोमबार सम्मान एवं शुभकामना दिएका छन् ।
नेपाली लेखक संघ मोरङद्वारा उक्त सभाको आयोजना गरिएको थियो । सो कार्यक्रममा शताब्दीपुरुष जोशीले संसारमा ग्राह्य हुने र सबैले रुचाउने विषयमा लेखिएका नेपाली साहित्यका पुस्तकहरु विश्वबजारमा पु¥याउन सके त्यसले नोवेल पुरस्कारसमेत प्राप्त गर्ने विश्वास व्यक्त गरे । विश्व साहित्यको बजारमा नेपाली भाषाका कृतिहरु पनि पुरस्कृत भएको देख्ने आफ्नो सपना रहेको उनको भनाइ थियो ।
नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष अधिकारीले लेखक संघ मोरङले विशिष्ट स्रष्टाकै घर आँगनमा पुगेर साहित्यिक सभा गर्ने परम्पराको यो तेस्रो श्रृंखला भएको बताए । यसअघि भाषाशास्त्री बालकृष्ण पोखरेलको निवास विराटनगरमा गत कात्तिकमा, राष्ट्रकवि माधव घिमिरेको निवासमा गत माघमा संघले यस किसिमको साहित्यिक सभा गरिसकेको छ ।
सो समारोहमा लेखक संघ मोरङको तर्फबाट तयार गरिएको अभिनन्दनपत्र साहित्यकार दधिराज सुवेदीले शताब्दीपुरुषलाई समर्पण गरे । सो कार्यक्रममा डा. विष्णुविभू घिमिरेले शताब्दीपुरुषको सांस्कृतिक व्यक्तित्वका बारेमा तथा साहित्यकार दधिराज सुवेदीले उनको साहित्यिक व्यक्तित्वका बारेमा बोलेका थिए ।
नेपाली लेखक संघका केन्द्रीय महासचिव रत्नमणि नेपालले स्वागत मन्तव्य राख्दै लेखक संघ मोरङले शताब्दीपुरुषको आँगनसम्म आएर उनलाई अभिनन्दन गर्ने पवित्र काम गरेको बताए । सो समारोहमा साहित्यकार डा. तुलसी भटराई र पत्रकार पुरुषोत्तम दाहालले शुभकामना मन्तव्य प्रकट गरे ।
कार्यक्रममा कवि प्रल्हाद पोखरेलले शुभकामना कविता वाचन गरे थियो भने नेपाली लेखक संघका केन्द्रीय सदस्य राधिका गुरागाईंले अभिनन्दनपत्र वाचन गरेकी थिइन् । समारोहमा डा. कुमारप्रसाद कोइराला, डा. ज्ञानु पाण्डे, किशोर पहाडी, डा. कृष्णप्रसाद दाहाल, कृष्ण प्रधान, प्राज्ञ विवश पोखरेल, प्राज्ञ लक्ष्मी उप्रेती, मोतीराज बम, नारायण सापकोटा, तुलसीहरि कोइराला, सुविद गुरागाई, मञ्जिला उप्रेती, राजेन्द्र गुरागाईलगायतका साहित्यकारहरुले शताब्दीपुरुष जोशीलाई शताब्दी वर्ष प्रवेशको उपलक्ष्यमा शुभकामना अर्पण गरे । कार्यक्रमको सञ्चालन कवि मनोज न्यौपानेले गरे ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार २१:०७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives