Breaking News

Radio Star

आईसीसी-१९ विश्वकप एसिया छनोटमा नेपाली यु-१९ क्रिकेट टोली आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको एसटीसी मैदानमा हुने खेलमा नेपाल आफ्नो तेस्रो जीतको खोजिमा छ । यसअघिका तीन खेलमा दुई खेलमा शानदार जीत र एक खेलमा हार व्येहोरेको नेपाल ओमानविरुद्ध भने सहज जीतको खोजिमा छ । पहिलो खेलमा कुवेतलाई २सय१७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा डीएल तरीकाबाट युएईसँग एक रनले पराजित भएको थियो भने तेस्रो खेलमा आयोजक मलेसियाविरुद्ध ८ विकेटको जीत हात पारेको थियो । पहिलो खेल एसटीसी मैदानमा कुवेतलाई २सय१७ रनले पराजित गरेको थियो । समान तीनवटै खेल खेलेको ओमान आफ्नो दोस्रो जीतको खोजिमा छ । अंक तालिकामा युएई ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल र कुवेतको समान ४ अंकभएपनि नेटरनरेटका आधारमा नेपाल शीर्ष दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार ०७:०४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives