Breaking News

Radio Star

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग(आईपीएल) यो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने ‘इमरर्जिङ प्लेयर अवार्ड’को मनोनयनमा परेका छन् । आईपीएलमा दोस्रो सिजनमा पनि दिल्ली क्यापिटल्सबाट खेलिरहेका सन्दीप इमर्जिङ प्लेयरको अर्वाका लागि मनोनयनमा पर्न सफल भएका हुन् । इमरर्जिङ प्लेयर अवार्डका लागि सन्दीपसँगै रोयल च्यालेन्जर्स बैंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । यसअघिको सिजनमा दिल्ली क्यापीटल्स (दिल्ली डेयरडेभिल्स) बाट खेलेका सन्दीपले अन्तिम तीन खेल खेल्दै ५ विकेट लिएपछि यो सिजनका लागि दिल्लीले रिटेन गरेको थियो । यो सिजनमा उनले दिल्लीबाट ४ खेल खेल्दै ५ विकेट लिइसकेका छन् । मनोनित पाँचौ जना खेलाडीका लागि भोटिङ शुरु भइसकेको छ । अघिल्लो वर्ष दिल्ली क्यापिटल्सका विकेट किपर ब्याट्सम्यान रिसभ पन्तले पाएका थिए । खेलाडीलाई भोटिङ र टेलिभिजन कमेन्टेटरको मूल्याङ्कनका आधारमा छनोट गर्ने भारतीय क्रिकेट बोर्डले जनाएको छ ।

यसरी भोट गर्न सकिन्छ  

 

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार ०७:०८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives