Breaking News

Radio Star

इण्डियन प्रिमियर लीग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सातौं हार ब्यहोरेको छ। सोमबार राति भएको खेलमा बैंगलोर मुम्बई इण्डियन्ससँग पाँच विकेटले पराजित भएको हो।  टस हारेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित ओभरमा सात विकेट गुमाएर १७१ रन बनाएको थियो।  १ सय ७२ रनको लक्ष्य घरेलु टोली मुम्बईले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। मुम्बईका लागि क्विन्टन डि ककले ४०, सूर्यकुमार यादवले २९, रोहित शर्माले २८, इसन किसानले २१ रन बनाए भने हार्दिक पाण्ड्या ३७ रनमा नटआउट रहे । बैङ्लोरका लागि एबी डे भिलियर्सले सर्वाधिक ७५, मोइन अलीले ५० र पार्थिब पटेलले २८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन्। बैंगलोरको ४ विकेट लिएका लासिथ मालिंगा प्लेयर अफ दि म्याच घोषित भए। अहिलेसम्म खेलेका ८ खेलमध्ये एक खेल मात्रै जितेको बैंगलोरको प्लेअफ प्रवेशको संभावना कठिन बनेको छ। मुम्बई भने ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार ०७:४३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives