Breaking News

Radio Star

साहित्यकार बुढाथोकी र प्याब्सन अध्यक्ष पुरीलाई सम्मान

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १७:४९

चर्चित साहित्यकार ताराबहादुर बुढाथोकी ‘पाख्रिवासे कान्छो’ र प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीलाई मंगलबार विराटनगरमा सम्मान गरिएको छ ।
प्रगतिशिल लेखक संघ नेपालले एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरेको हो । संघका केन्द्रीय सदस्य मधु पोखरेलले खादा ओढाएर बुढाथोकी र पुरीलाई सम्मान गर्दै सफलताको शुभकामना दिए । साहित्यकार बुढाथोकी संखुवासभाको खाँदबारीस्थित बरुण बहुमुखी क्याम्पसका उपप्राध्यापक र संघको केन्द्रीय पार्षद हुन् । उनी राष्ट्रपतिबाट प्रदान गरिने जनसेवा श्री पाँचौंबाट पनि यस वर्ष विभूषित भइसकेका छन् ।
पुरी विराटनगरको एभरेष्ट बोर्डिङका सञ्चालक हुन् । कार्यक्रममा नेपाली साहित्य क्षेत्रमा बुढाथोकीले र निजी विद्यालयको विकासमा पुरीले पु¥याएको योगदानको चर्चा गरिएको थियो । साहित्कार एवं प्राध्यापक देवी पन्थी, शिवनारायण पण्डित ‘सिंगल’, बुद्धिजिवी दिनेश श्रेष्ठ, नागरिक अगुवा रामबाबु दाहाल लगायतले बुढाथोकी जस्तै स्रष्टाका कारण नेपाली साहित्य क्षेत्रले उचाई लिएको बताए । उनीहरुले पुरीले निजी विद्यालयको विकासमा योगदान दिएर नेपालको शैक्षिक गुणस्तर उकास्न निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १७:४९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives