Breaking News

Radio Star

गीतकार तथा गजलकार सुदन डोटेलले नयाँ गजल संग्रह ‘चुपचाप छौ तिमी….’ बहारमा ल्याएका छन् । काठमाडौंमा भएको एक औपचारिक कार्यक्रममा वरिष्ठ संगीतकार शक्ति बल्लभ, संगीतकार राजु सिंह, गायक आनन्द कार्की, गायक सीताराम पोखरेल लगायतले संग्रहको लोकार्पण गरे । ‘चुपचाप छौ तिमी…’ मा गायक आनन्द कार्कीले स्वर दिएका छन् । सरोज प्याकुरेलले संगीत भरेको उक्त गजलमा मनोहर सुनामको एरेन्ज छ भने भोला पौडेलले गजललाई रेकर्डिङ तथा मिक्सिङ गरेका छन् । संगीतकार प्याकुरेलको निर्देशनमा तयार भएको गजलको भिडियोमा अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री सारिका घिमिरेको अभिनय छ । भिडियोमा गायक आनन्द कार्की गजलकारकै रुपमा प्रस्तुत भएका छन् । यस्तै भिडियोमा गीतकार डोटेल, अमुल अर्याल, रमेश भुर्तेल, यमुना अर्याल, मनु डोटेल, बिकास प्याकुरेल, भोला पौडेल, राज पाण्डे, हरि अधिकारी, धर्म न्यौपाने, अंकिता अधिकारी, अमित अर्याल, सुधांम्सु डोटेल आदि कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार ११:५६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives