Breaking News

Radio Star

वरिष्ठ साहित्यकार बसन्तकुमार शर्माको निधन

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार १५:४६

वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा शनिबार निधन भएको छ । मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो ।  नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष खर्चिएका थिए ।  उनको जन्म विसं १९८४ को रामनवमीको दिन महारागन्जमा भएको थियो। संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए।
यस्तै महाभारतको गद्यमा उल्था पनि उनैले गरेका थिए ।  लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन गरेका उनी पशुपति क्याम्पस, रत्नराज्य क्याम्पस लगायतका शैक्षिक संस्थाको संस्थापक समेत हुन् ।  स्वर्गीय शर्माको श्रीमतीसहित चार छोरी र ४ छोरा छन् ।उनको आजै हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार १५:४६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives