२३ साउन २०७७, शुक्रबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, बैशाख ०९, २०७६ मा प्रकाशित

इन्टरनेटको पहुँच र बढ्दो व्यस्तताले गर्दा चलचित्र हेर्नको लागी सधैँ हलसम्म पुग्न नभ्याउने हरुको लागी पछिल्लो समय युट्युब सहज माध्यम बनेको छ ।हलमा प्रदर्शन भएको चलचित्रलाई केहि समयपछी युट्युबमा अप्लोड गर्ने संकार बस्दै आएको छ । बनेका जती चलचित्र सबै हेरेर भ्याउने कुरै भएन त्यही माथी पनि पछिल्लो समय प्राय नेपाली चलचित्र आवरण मात्र फेरिएर आउन थालेका छन् र दर्शकले हलसम्म पुगेर समय र पैसाको दुरुपायोग नहोस् भन्ने चाहन्छन् यसैको लागी पनि बरु दुइ चार महिना कुरेर युट्युबमै हेर्नेको सङ्ख्या पनि बढ्दै गइरहेको छ । तर सबै चलचित्रमा भने यो लागु नहुँदो हो किनकी मिहिनेत गरेर आफ्नो पन दिएर बनाएको चलचित्र हेर्न दर्शक युट्युबमा कहिले रिलिज होला भनेर कुरेर बस्दैनन् ।
करिब दुई वर्ष अघि नेपाली चलचित्र क्षेत्रमा छुट्टै माहोल बनाएको सफल चलचित्र ‘छक्का पन्जा २’ ले हलमा दर्शकको मनग्गे साथ पायो र युट्युबमा पनि रिलिज नगर्ने निर्णय गर्‍यो । चलचित्र प्रदर्शन अगावै युट्युबमा रिलिज नहुने घोषणा गरेको निर्मण टिमले दुइ वर्ष पछी फेरी चलचित्र हलमा प्रदर्शन गर्ने भएको छ । बक्स अफिसमा राम्रो कलेक्सन गरेको ‘छक्का पन्जा २’ ले यो पटक भने चलचित्र प्रदर्शनबाट उठेको रकम संचारकर्मी रवि लामिछानेले बनाइरहेको कालिकोटको अस्पताललाई हस्तान्तरण गर्ने निर्माता दिपकराज गिरीले बताएका छन् । चलचित्र फेरी हलमा लगाउने कुरा सकारात्मक नै हो किनकी कारण बस पहिले हेर्न नपाएका दर्शकले फेरी हेर्न पाउने छन् भने युट्युबमा सार्वजनिक गर्नु नै दर्शका कमाउनु होईन भन्ने सन्देश पनि जानु हो । वैशाख १३ गते यो चलचित्र रि-रिलिज भएपछी नहेरेका दर्शक हलसम्म पुग्छन् भन्ने अनुमान छ । हलमा दर्शकले दिने साथले नै युट्युब रिलिज नगरेर चलचित्र निर्माण पक्षले कती सही गर्‍यो भन्ने हिसाब हुनेछ किनकी ‘छक्का पन्जा ३ ‘ युट्युबमा आउने प्रतिक्षा गरिरहेका दर्शकले ‘छक्का पन्जा २’ युट्युबमा नराखेकोले दिपक राज गिरी लगायत निर्माण पक्षको आलोचना गरिरहेका छन् ।

सोमबार, बैशाख ०९, २०७६ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]