Breaking News

Radio Star

पूर्व भारतीय कप्तान सौरभ गांगुलीले आगामी वर्ल्डकपको सेमिफाइनलमा भारत सहित अस्ट्रेलिया, ईङ्ल्याण्ड तथा पाकिस्तान पुग्ने सम्भावना रहेको बताएका छन्। गांगुलीले राउण्ड रोबिनका कारण यस विश्वकपमा कडा प्रतिष्पर्धा हुने बताए। ‘ म सेमिफाइनलका ४ स्थानका लागि भारत, अस्ट्रेलिया, ईङ्ल्याण्ड र पाकिस्तानलाई चयन गर्छु। यसमा भारत एक प्रबल दाबेदार रहेकोमा कुनै शंका छैन’, गांगुलीले भने, ‘यो प्रतिष्पर्धात्मक विश्वकपमध्ये एक हुनेछ। भारतीय टोली यति बलियो छ की उ हर कुनै प्रतियोगिताको दाबेदार हो, यो विश्वकप सम्भवतः सर्वश्रेष्ठ शैलीको हो। सबैले एकअर्कासँग खेलेपछि समिफाइनलमा स्थान बनाउनेछन्।’ यस्तै पूर्वकप्तान गांगुले जारी आईपिएलमा कुलदीप यादवले ९ म्याचमा ४ विकेट मात्र लिएको कुराले उसको विश्वकप प्रदर्शन प्रभावित नहुने बताएका छन्। ‘उसले विश्वकपमा विकेट लिनेछ, चिन्ता नगर्नुस्। ऊ धेरै नै राम्रो बलर हो’, गांगुलीले भने।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार ०७:४४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives