Breaking News

Radio Star

दाल भात तरकारीको नयाँ गीत ‘एन्टिबायोटिक खाउँला’ सार्वजनिक

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार १३:३४

महसञ्चारले निर्माण गरेको चलचित्र दाल भात तरकारीको तेस्रो गीत एन्टिबायोटिक खाउँला सार्वजनिक गरिएको छ । एन्टिबायोटिक खाउला बोलको उक्त गीतमा अभिनेत्री प्रियांका कार्कीले नृत्य गरेकी छन् । गीतमा चलचित्रका कलाकारहरु शिवहरी पौडेल, रोबिन तामाङ,शिशिर वाङ्देल लगायतलाई पनि प्रस्तुत गरिएको छ ।  गीतमा मदिराको तालमा रमाइरहेको देखाइएको छ । मिना निरौलाको स्वर रहेको उक्त गीतलाई हरिवंश आचार्यले लेखेका हुन् भने संगीत सम्भुजित बास्कोटाले भरेका हुन् । गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् भने सम्पादन शयामस्वेत रासाइलीले गरेका हुन् ।  उक्त सार्बजनिक गीतलाई ३ दिन लगाएर छायांकन गरिएको थियो । गीत छायांकन गर्ने क्रममा अभिनेत्री प्रियांका कार्की बेहोस समेत भएको र पुन उपचार पश्चात उक्त गीतको छायांकन गरिएको चलचित्रका प्रस्तुतकर्ता किरण केसीले गफगाफ डटकमलाई बताए ।

यस अघि सार्बजनिक २ ओटा गीत र चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । बैशाख २० गतेबाट प्रदर्शनमा आउने पक्का भएको चलचित्र दाल भात तरकारीको निर्देशन सुदन केसीले गरेका हुन् । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बांदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत छ भने दिर्घ गुरुंङको छायाकंन रहेको छ ।  कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रमा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग मानसिंह कुँवर, शिशिर बांदेल, विल्सन विक्रम राई, दिपेन्द्र खनिया र सुमित मैनालीले लगानी गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार १३:३४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives