Breaking News

Radio Star

‘कप्स’को ट्रेलर सार्वजनिक, अनुपविक्रम शाही हाबी (भिडियो)

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १४:३०

चलचित्र ‘कप्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । अनुपविक्रम शाही र सन्दिपा लिम्बु स्टारर यो फिल्मको ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा अनुपविक्रम शाहीलाई प्रहरीको भूमिकामा देखाइएको छ भने चलचित्रले एक सच्चा इमान्दार प्रहरीको कथालाई उठाएको छ । सम्राट सापकोटाको लेखन, निर्देशन तथा स्किृप्ट रहेको यो फिल्ममा अनुप र सन्दिपाका अलावा रामराज क्षेत्री, अमीत गिरी, निरुता स्याङताङ, सुन्दर श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन, राम शाक्यको निर्माण र सुसान प्रजापतिको छायांकन देख्न सकिन्छ । चलचित्र जेठ १७ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १४:३०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives