Breaking News

Radio Star

कोशी अस्पतालमा प्रसूती भवन बन्ने

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार ०७:१४

विराटनगर, २१ वैशाख । पूर्व क्षेत्रकै सबैभन्दा पुरानो र ठूलो सरकारी अस्पताल कोशीमा प्रसूती भवन बन्ने भएको छ । अमेरिकी सेनाको आर्थिक सहयोगमा सो अस्पतालमा सय बेडको अत्याधुनिक प्रसूती भवन बन्न लागेको हो । करिब १२ करोड रूपैयाँको आर्थिक सहयोगमा एक वर्षभित्र अस्पताल परिसरमै भवन निर्माण भएर सञ्चानमा आउने अस्पतालले जनाएको छ । शुक्रबार एक कार्यक्रमका बीच उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले संयुक्तरूपमा सो भवनको शिलान्याससमेत गरे । एक वर्षभित्र काम सम्पन हुने गरी स्वास्थ्य मन्त्रालयले हिमालयन बिल्र्डसलाई भवन निर्माणको ठेक्कासमेत दिएको बताइएको छ । प्रदेश नम्बर १ का १४ वटै जिल्लाका साथै प्रदेश नम्बर २ का सप्तरी, सिरहा र धनुषासहित सीमावर्ती भारतको बिहार प्रान्तका बिरामीसमेत सो अस्पतालमा प्रसूती सेवा लिन आउने गरेका छन् ।

प्रसूती वार्डमा बेड अभावका कारण अस्पतालले भुइँमै राखेरसमेत प्रसूती सेवा दिंदै आएको छ । हाल सो अस्पतालमा वार्षिकरूपमा १० हजारभन्दा बढीले प्रसूती सेवा लिने गरेका छन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री यादवले सुविधासम्पन अस्पताल बनाउन सरकार प्रतिबद्ध रहेको बताए । सबैलाई दलगत स्वार्थभन्दा माथि उठेर अस्पतालको सेवा प्रभावकारी बनाउन सहयोग गर्न उनले आग्रह गरे ।

पछिल्लो समय रेफर सेन्टरका रूपमा विकसित हुँदै गएकोमा चिन्ता ब्यक्त गर्दै मन्त्री यादवले अस्पताललाई नेपाल सरकारबाट विशेषज्ञ चिकित्सा सेवासहितको स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने गरी योजना बनाइरहेको बताए ।

अस्पतालमा सञ्चालित सेवालाई गुणस्तरीय बनाउनुका साथै थप सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालयले योजना बनाइरहेकाले उनले सोका लागि आवश्यक जग्गा खोज्न महानगरपालिका आग्रहसमेत गरे ।

निकट भविष्यमा स्वास्थ्य मन्त्रालयले कोशी अस्पताललाई टरसरी अस्पतालका रूपमा विकसित गर्न कार्डियोलोजी, किड्नी र क्यान्सरलगायतका रोगको उपचार सेवा थप्ने योजना बनाइरहेको भन्दै स्वास्थ्यमन्त्री यादवले सोका लागि आवश्यक जग्गा खोज्ने काम सुरू गर्न महानगरका मेयर भीम पराजुलीलाई आग्रह गरे ।

उनले भने– ‘सेवा विस्तारको योजना बनाइरहेका छौं“ । तर त्यसका लागि आवश्यक जग्गा पाइरहेका छैनौं ।’ सरकारले अस्पतालमा रहेको दरबन्दी र अत्यावश्यक उपकरणका लागि योजना बनाएर परिपूर्ति गर्ने लागेकोे उनले बताए ।

प्रदेश नम्बर १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले आफूहरूले प्रदेश १ को टिचिङ अस्पतालका रूपमा विकसित गर्ने गृहकार्य सुरू गरेको बताए । अस्पतालले हाल दिंदै आएको सेवालाई अझै गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा प्रदेश सरकार गम्भीर भएको उनले बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अस्पतालको प्रदान गर्ने सेवा गुणस्तर कायम गर्न महानगर जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।अमेरिकन आर्मीका क्याप्टेन जिएलीले प्रसूती गृहको सेवाले विपन्न वर्गका साथै अन्य बिरामीलाई गुणस्तरीय सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा रिफरल सेन्टरबाट जोगाउन सुविधा सम्पन प्रयोगशालाका साथै अक्सिजन प्लान्ट र आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन नभएकाले अस्पतालले प्रभावकारी र गुणस्तर सेवा दिन नसकिरहेको बताइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार ०७:१४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives