२३ साउन २०७७, शुक्रबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, बैशाख २४, २०७६ मा प्रकाशित

प्रदेश १ को स्थायी राजधानी आफ्नो ठाउँमा नपाएको विरोधमा धनकुटाबासीले एक घन्टा चक्काजाम गराएका छ । राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका हुन ।  राजधानीको निर्णयको विरोधमा मंगलबार साढे १२ देखि एक घन्टा चक्काजाम गरिएको हो । “साँझ ७ बजेदेखि आधा घन्टा ब्ल्याक आउट गरिनेछ”, संघर्ष समितिका विजय सन्तोषी राईले भने । धनकुटाबासीले वैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने निर्णय गरिएको प्रादेशिक राजधानी अभियान संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए। उनले भने, ‘‘धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई स्वीकार नगरिएकोमा हामीलाई आपत्ती छ ।’’ प्रदेशसभाबाट दुई तिहाई बहुमतले सामेबार विराटनगरलाई स्थायी राजधानी घोषणा गरिएको थियो ।

 
मंगलबार, बैशाख २४, २०७६ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]