Breaking News

Radio Star

टोटनह्याम युएफा च्याम्पियन्स लिगको फाइनलमा

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार ०७:५१

नेदरल्यान्ड्सको आयाक्स एम्सटरडरमलाई हराउँदै इंग्लिस क्लब टोटनह्याम हट्सपर युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति नेदरल्यान्ड्समा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा पाहुना टोली टोटनह्याम ३–२ ले विजयी भयो । पहिलो हाफमा २–० ले पछि परेको टोटनह्यामले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै परिणाम उल्टायो । उसका लागि ह्याट्रिक गरेका लुकास मौराले इन्जुरी समयमा निर्णायक गोल गरेका हुन् । पहिलो लेगमा १–० ले पराजित भएको टोटनह्याम दोस्रो लेगमा हिजो ३–२ ले विजयी भएसँगै समग्रमा खेल ३–३ गोलको बराबरीमा पुग्यो । यस्तोमा आयाक्सको मैदानमा गरेको अवे गोलको आधारमा टोटनह्याम प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनलमा अब टोटनह्यामले अर्को इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ । फाइनल खेल आउँदो जुन १ तारिखमा स्पेनको राजधानी मड्रिडमा हुनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार ०७:५१

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives