Breaking News

Radio Star

शिक्षासेवी कन्दङ्वाको स्मृतिमा जोशी र धनकुटे पुरस्कृत

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १९:५४

मोरङ, २६ वैशाख । शिक्षासेवी सीएम कन्दङ्वाको स्मृतिमा स्थापित पुरस्कारबाट दुईजना स्रष्टा पुरस्कृत भएका छन् ।
मोरङको पथरीस्थित एभरेष्ट अंग्रेजी आवासीय मावि स्थापना गरेर शिक्षा सेवामा लागेका कन्दङ्वाको स्मृतिमा स्थापित पुरस्कारबाट वरिष्ठ लोकगायक एलपी जोशी र युवा साहित्यकार धनकुटे कान्छा (शंकर चापागाईं) पुरस्कृत भएका हुन् । ५० हजार राशिको ‘सीएम कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा पुरस्कार’ जोशीलाई समर्पण गरियो । त्यस्तै ३५ हजार राशिको ‘सीएम कन्दङ्वा राष्ट्रिय युवा प्रतिभा पुरस्कार’ धनकुटेलाई प्रदान गरिएको थियो । जोशी र धनकुटेलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र स्मृति कोषका अध्यक्ष रविन कन्दङ्वाले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
जोशी ६ दशकभन्दा लामो समयदेखि लोकगायनमा सक्रिय छन् भने धनकुटे दुई दशकदेखि नेपाली भाषा साहित्यमा सक्रिय छन् । कन्दङ्वाले पथरीक्षेत्र पहिलो अंग्रेजी विद्यालयका रुपमा २०४३ सालमा एभरेष्ट अंग्रेजी आवासीय मावि स्थापना गरेका थिए । कन्दङ्वाले शिक्षासँगै राजनीति, साहित्य र संगीतको समेत सेवा गरेका थिए । उनको २०६२ सालमा निधन भएको थियो । कन्दङ्वाको निधनपछि परिवारका सदस्यले कोष स्थापना गरेर स्रष्टा सम्मान र साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा कवि बद्री भिखारी, सुमन पोखरेल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, देवान किराती, रमेश सायन, विवश बलिभद्र कोइराला, सुमिता वाङ्देल चेली, सरला चापागाईंलगायतले प्रतिनिधि सिर्जना प्रस्तुत गरे । त्यस्तै कुलपति उप्रेती, वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने शिक्षासेवी कन्दङ्वाको साहित्य, संगीत र राजनीतिक व्यक्तित्वका विषयमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १९:५४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives