Breaking News

Radio Star

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार १९:२९

विराटनगर, २८ वैशाख । विराटनगर–११ स्थित सहयोगका लागि युवा समाजले ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
ज्येष्ठ नागरिक वडा समितिको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय चार दर्जनभन्दा बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । मे मेजरमेन्ट मन्थको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा प्रेसर र सुगरको परीक्षण गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष ललित श्रेष्ठलाई समाजकी सदस्य सर्मिष्टा खनालले स्वास्थ्य चेकजाँच गर्ने विभिन्न मेसिनसमेत प्रदान गरेकी थिइन् ।
समारोहमा वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, मे मेजरमेन्ट मन्थ प्रदेश नम्बर १ का संयोजक डा. सूर्य पराजुली, ज्येष्ठ नागरिक महेश्वर बस्नेत, आयोजक समितिका सुनिल आचार्य, रामखेलन मेहतालगायतलले समय–समयमा प्रेसर र सुगर परीक्षण गरे विभिन्न रोगबाट बच्न सकिने बताए । अबदेखि हरेक महिनाको अन्तिम शनिबार ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिने समाजको स्थापनाकालदेखि नै सक्रिय केशु काफ्लेले जानकारी दिइन् । ९ महिनाअघि स्थापित समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सुरुका दिनमा सुनसरीको सीतागञ्जस्थित रामसीता विद्यालयबाट २०५४ सालमा एसएलसी दिएका विद्यार्थी मात्रै आबद्ध भए पनि पछिल्लो समय समाजका सबै क्षेत्रका युवालाई समाजभित्र अटाउने काम भइरहेको काफ्लेले जानकारी दिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार १९:२९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives