Breaking News

Radio Star

उपमेयर कार्कीको गर्जन– प्रमुखभन्दा कम छैनन् महिला उपप्रमुख

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार २०:०४

धीरज दाहाल
विराटनगर, २८ वैशाख । विराटनगर महानगरपालिका उपमेयर इन्दिरा कार्कीले जनताको बराबर मत पाएर निर्वाचित महिला उपप्रमुखहरू पुरुष प्रमुखभन्दा कमजोर नरहेको बताएकी छन् ।
विराटनगर महानगरपालिका न्यायिक समितिले आयोजना गरेको ‘उपमेयर तथा उपाध्यक्षको काम र कर्तव्य’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै कार्कीले महिला उपप्रमुखहरूलाई कमजोर नसोच्नसमेत सुझाएकी छन् । “महिला उपप्रमुख सक्षम छन्,” उनले भनिन्, “प्रमुख समान नै जनताको अभिमतले चुनिएका हुन् ।” कार्यक्रममा सहभागिता जनाएका मोरङ र सुनसरीका २० वटा नगरपालिका तथा गाउँ पालिकाका उपप्रमुखहरू मध्य अधिकांशले अहिलेसम्म पनि आफ्नो सम्पूर्ण अधिकार प्रयोग गर्न नपाएको गुनासो गरेपछि उपमेयर कार्की आक्रोशित भएकी थिइन् ।
“आत्मबल दह्रो बनाएर निर्भिकताका साथमा काम गर्न अघि बढ्नुहोस्”, उनले भनिन्, “अब जहाँ अवरोध हुन्छ त्यहाँ सबै उपप्रमुखहरू एक हुनुपर्छ ।” आफ्नो सम्बोधनका क्रममा उपप्रमुखहरूको विशेष एकतामा कार्कीले जोड दिएकी थिइन् । कार्यक्रममा नगरपालिका र गाउँपालिकामा गठित न्याय समितिका अप्ठ्याराहरूको बारेमा घनिभूत छलफल भएको थियो । न्यायसम्पादनका क्रममा भोग्नुपरेका सकस र कानुनी उल्झनका विषयमा उपप्रमुखहरूले राखेका जिज्ञासामा अधिवक्ता डिल्ली कार्कीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार २०:०४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives