Breaking News

Radio Star

आईपीएल खेलेर सन्दीप आज स्वदेश फर्कदै

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार ०९:५५

१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागीता जनाएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज (आइतबार) स्वदेश फर्कदै छन्। उनी एयर इण्डियाको विमानबाट दिउँसो २ : ३५ बजे काठमाडौं आईपुग्नेछन् । आईपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङसँग पराजित हुँदै बाहिरिएको थियो। शुक्रबार दिल्ली प्रतियोगिताबाट बाहिरिएपछि सन्दीप आज नेपाल फर्कन लागेका हुन् । दिल्लीका १६ मध्ये ६ खेल खेल्ने मौका पाएका सन्दीपले ८ विकेट लिएका थिए । उनले २३ ओभर बलिङ गर्दा २ सय १० रन खर्चेर ८ विकेट लिएका थिए । दिल्लीको तेस्रो, चौथो, पाँचौं र छैटौं खेलमा लगातार स्थान बनाएका सन्दीपले त्यसपछि भने दिल्लीले १० खेल खेल्दा दुई खेलमा मात्रै स्थान पाए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार ०९:५५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives