Breaking News

Radio Star

संसदमा प्रि-बजेटमाथि आज पनि छलफल हुँदै

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार १०:११

संसदमा आगामी आर्थिक वर्ष २०७६–७७ को प्रि–बजेटमाथि आज पनि छलफल हुँदै छ । शुक्रवार अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटको तयारी लगभग अन्तिम चरणमा पुर्‍याएका बेला संसदमा प्रि–बजेटमाथि छलफल हुन लागेको हो । नीति तथा कार्यक्रमभन्दा पहिला प्रि–बजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रि–बजेटमाथि छलफल गराउन लागेको हो । सोमबार या मंगलबारसम्ममा प्रि–बजेट छलफल सक्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रि–बजेटमाथि छलफल सक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार १०:११

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives