Breaking News

Radio Star

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । उसले यो विधेयक फिर्ता लिन बाध्य बनाउने चेतावनी पनि दिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडियासम्बन्धी सरकारले ल्याएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको बताउँदै संसद र सडक दुवै आन्दोलनबाट फिर्ता लिन बाध्य पार्ने चेतावनी दिए। आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारले ल्याएको विधेयकको विरोधमा उत्रिएका पत्रकारहरुको आन्दोलनमा पूर्ण सहयोग रहने बताए ।  सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जग भएको उल्लेख गर्दै त्यसलाई हनन् गर्ने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सैह्य नहुने दोहोर्‍याए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार १८:५८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives