Breaking News

Radio Star

चौथो पटक आईपीएलको बिजेता बन्यो मुम्बई इण्डियन्स

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार २३:५५

बाह्रौ संस्करणको ईण्डियन प्रिमियर लिगको उपाधी मुम्बई इण्डियन्सले जितेको छ । आइतबार भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभर ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि सेन वाट्सनले ८० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो  । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन जोडे  । यस्तै क्विनटन डी ककले २९ तथा इशान किशनले २३ रन बनाए । चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै इमरान ताहिर र सार्दुल ठाकुरले २/२ विकेट लिए । प्रतियोगितामा मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको थियो । यता, चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले नै हराएर मुम्बईसंगको भेट पक्का गरेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार २३:५५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives