Breaking News

Radio Star

धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ११:५४

 एक नम्बर प्रदेशको मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय आइतबार धनकुटामा  स्थापना भएको छ ।
 मुख्यमन्त्री शेरधन राईले यातयात व्यावस्था सेवा कार्यालय र मुख्यमन्त्रीको सम्पर्क कार्यालयको एकसाथ उद्घाटन गरे । केहीदिनअघि विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । दुई कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री राईले विकासमा नयाँ मोडल आवश्यक रहेको छ । अहिलेको मोडलबाट विकास सम्भव नभएकाले नयाँ मोडल आवश्यक रहेको बताए । उनले आवश्यक परेको खण्डमा सम्पर्क कार्यालयमा मन्त्रिपरिषद्को बैठकसमेत बस्ने बताए । साविक पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको छ । त्यस्तै यातायात व्यवस्था सेवा कार्यालय धनकुटा नगरपालिका–४ लोकसेवा मास्तिर रहेको साविकको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको मातहतमा रहेको स्वास्थ्य तालिम केन्द्रमा स्थापना गरिएको छ । धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लाको सेवा क्षेत्र रहने बताइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ११:५४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives