Breaking News

Radio Star

‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’को पछि अब ‘होस्टेल ब्याक अगेन’

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १४:४४

‘होस्टेल’ र होस्टेल रिर्टन्सको पछि यही सिरिजको तेश्रो फिल्म ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ । यो फिल्मलाई दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने भएको छ । फिल्मको छायाँकन अमेरिकामै गरिने यसका निर्माता गोविन्द शाहीले जानकारी गराएका छन् ।  होस्टेल ब्याक अगेन लाई सुनिल रावलले निर्देशन गर्नेछन् । उनी पछिल्लो समय अमेरिकामै छन् । सुनिलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बुनेर होस्टल ब्याक अगेन निर्माण गरिँदै छ । आफुले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्ने पनि सुनिलले बताएका छन् । फिल्ममा कथा स्वयम रावलको हो । यसको पटकथा, संवाद रायन राइजको रहनेछ । हाल स्क्रिप्टको काम भइरहेको पनि सुनिलले जानकारी गराएका छन् ।

आगामी अगस्टबाट छायाँकन सुरु हुने यो फिल्मको कलाकार चयन चाँडै सुरु गर्ने पनि सुनिलको कथन छ । अर्का निर्माता गोविन्द शाहीका अनुसार केही कलाकार नेपालबाट अमेरिका छायाँकनका लागि जानेछन् । तर बाँकी कलाकार अडिसनबाट अमेरिकामै चयन गरिने छ । होस्टलका विधार्थीका रुपमा अमेरिकामा नै अध्ययनका शिलशिलामा रहेका नेपाली बिद्यार्थीहरु हुनेछन् । रावलको निर्माणमा २०१३ मा होस्टलबाट अभिनेता अनमोल केसी, होस्टल रिटन्र्सबाट सुशिल श्रेष्ठ र नाजिर हुसेन डेब्यू भएका हुन् । रावल पछिल्लो फिल्म सायद २ असफल भएपछि अमेरिका उडेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १४:४४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives