Breaking News

Radio Star

श्रीलंकामा कर्फ्यू, सामाजिक सञ्जाल पनि बन्द

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार ०७:१६

इष्टर सन्डेका दिन २५० भन्दा धेरैको ज्यान जानेगरी आतंकवादी संगठन इस्लामिक स्टेटले गराएको श्रृङ्खलाबद्ध बम आक्रमणपछि मुलुकमा रहेका मुसलमान धर्मावलम्बी विरुद्ध हिंसाका घटना बढेको भन्दै मुलुकभर निषेधाज्ञा जारी गरिएको छ भने सरकारले सामाजिक सञ्जाललाई बन्द गरिदिएको छ ।

श्रीलंकाको पश्चिमी क्षेत्रमा रहेको कुरुनेगला क्षेत्रमा मुसलमान अल्पसङ्ख्यक तथा उनीहरुको सम्पत्तिलाई निशाना बनाएर हिंसात्मक घटना भएको र केही मस्जिदहरुमा आगो लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, मुसलमान धर्मावलम्बीलाई दुव्र्यवहारका घटनाको उजुरी पनि बढेको प्रहरीले जनाएको छ । यससँगै त्यहाँ नयाँ किसिमको जातीय द्वन्द्व हुनसक्ने भन्दै फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल बन्द गरिएको हो ।

त्यसबाहेक सरकारले मुलुकभर निषेधाज्ञा कर्फ्यू समेत जारी गरेको छ । मुसलमान धर्मावलम्बीविरुद्ध हिंसात्मक आक्रमण गर्ने मानिसहरुको समूहलाई प्रहरीले गिरफ्तार गरेको भएपनि उनीहरुलाई रिहा गर्न स्थानीयबाट चर्को दबाब आएको श्रीलंकाली सेनाको प्रवक्ता सुमिथ अटपट्टुले जनाएका छन् । श्रीलंकामा भएको आक्रमणपछि सरकारले सेनालाई विशेष अधिकार दिई हिंसा रोक्ने जिम्मा दिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार ०७:१६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives