Breaking News

Radio Star

‘बुम्राह विश्वकै उत्कृष्ट खेलाडी’: सचिन तेन्दुलकर

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १३:५३

भारतका लिजेन्ड क्रिकेटर सचिन तेन्दुलकरले तीव्र गतिका बलर जस्प्रित बुम्राह विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । सोमबार आईसीसीसँग कुरा गर्दै सचिनले बुम्राह अहिलेको अवस्थामा विश्व क्रिकेटका क्षमतावान बलर भएको बताएका हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले चेन्नईलाई १ रनले हराउने क्रममा मुम्बईका लागि योगदान गरेका उनलाई सचिनले महान खेलाडीको संज्ञा दिएका हुन् । चेन्नईविरुद्ध फाइनलमा उनले ४ ओभर बलिङ गर्दै २ विकेट लिएर १४ खर्चर ‘म्यान अफ दि म्याच’ भएका थिए । समग्रमा उनले १९ विकेट लिँदै मुम्बईका लागि सबैभन्दा धेरै विकेट लिने खेलाडी बने । विश्व क्रिकेटमा सर्वाधिक रन बनाएका खेलाडी सचिनले मुम्बईका कप्तान युवराज सिंहसँग कुरा गर्दै बुम्राहको राम्रा बलर भएको बताएका थिए । बुम्राह इङ्ग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटमा भारतीय टोलीका महत्वपूर्ण खेलाडी हुन् । बुम्राह एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटको वलिङ वरियतामा शीर्ष स्थानमा रहेका छन् । ‘बुम्राह राम्रा छन् । यसमा कुनै शंका छैन् र यो भन्न मलाई गाह्रो पनि छैन् । उनी अहिलेको अवस्थानमा विश्वका उत्कृष्ट खेलाडी हुन्,’सचिनले भने ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १३:५३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives