Breaking News

Radio Star

नेकपामा असन्तुष्ट पूर्वएमालेलाई संगठित गर्दै ईश्वर पोखरेल

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार ०७:४६

साबिक एमाले र माओवादी एकीकरणपछि धेरै नेताका जिम्मेवारीहरू खुम्चिए । कतिका पूर्वपदहरू खारेजीमा परे । त्यस्तै, मारमा पर्नेमध्येका शीर्ष नेता हुन्– ईश्वर पोखरेल । तत्कालीन एमालेका निर्वाचित महासचिव रहेका पोखरेल एकतापछि सचिवालय सदस्य मात्रै रहे । पूर्वसंगठनमा उनीभन्दा तल्लो वरियतामा रहेका विष्णु पौडेल एकीकृत पार्टीको महासचिव बने । त्यसयता पोखरेलले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा ‘विवादास्पद अभिव्यक्ति’ दिँदै आएका छन् । यसलाई ‘पोखरेलले महसुस गरेको असुरक्षा’का रूपमा विश्लेषण गरिएको छ । आजको नयाँ पत्रीका दैनिकमा प्रकाशित छ ।

पोखरेलले निरन्तर दिँदै आएका अभिव्यक्तिलाई राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले एकीकरणपछि असुरक्षित महसुस गरिरहेका पूर्वएमाले समूहका नेता–कार्यकर्ताको ‘सेन्टिमेन्ट क्यास’ गर्ने प्रयासका रूपमा अथ्र्याउँछन् । ‘एकीकरणपछि पूर्वएमालेमा माथिदेखि तलसम्मका धेरै नेता–कार्यकर्ताले पूर्वमाओवादी नेताहरू भाग खोस्न पो आएका हुन् कि भन्ने मनोदशामा हुन सक्छन्,’ प्रा. पोखरेलले भने, ‘सामाजिक सञ्जालदेखि सार्वजनिक अभिव्यक्तिसम्म हेर्दा अहिले ती सबै ‘सेन्टिमेन्ट क्यास’ गर्दै पोखरेल नेता बन्ने प्रयासमा छन् कि भनी अर्थ लगाउन सकिन्छ ।’

अभिव्यक्तिकै कारण उनी नेकपा वृत्तमा चर्चा र आलोचनाको विषय पनि बनेका छन् । पार्टी शीर्ष नेता मात्र होइन, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा दोस्रो वरीयताका सारथी रहेकाले उनका यस्ता अभिव्यक्तिमाथि केन्द्रीय सचिवालय बैठकमा पनि चर्चा हुने गरेको एकजना नेताले बताए । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का वान–अन–वान भेटघाटमा समेत पोखरेलका कतिपय अभिव्यक्ति छलफलको विषय बन्ने गरेको स्रोत बताउँछ ।

अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा लेखे, ‘कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन, ल्याइँनै हुँदैन । अझ, सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पु-याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ । आज नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको ऐतिहासिक एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही बाटो हिँड्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले भेनेजुयला प्रकरणमा जारी गरेको वक्तव्यलगत्तै सत्तारुढ नेकपा पंक्ति मात्र होइन, राष्ट्रिय राजनीति नै तरंगित बनिरहेका वेला उनले यस्तो असन्तुष्टि पोखेका थिए । राजनीतिक विश्लेषकहरू पनि पोखरेलले अध्यक्ष प्रचण्डको नेतृत्वलाई अस्वीकार गरेको अथ्र्याउँदै आएका छन् । प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको डाभोस सम्मेलनमा सहभागी भएका वेला आएको प्रचण्डको त्यो वक्तव्यपछि अमेरिकासँगको कुटनीतिक सम्बन्ध सन्तुलित बनाइराख्न भन्दै प्रधानमन्त्री ओलीको उपस्थितिमा केन्द्रीय सचिवालयले बैठकले औपचारिक वक्तव्य सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार ०७:४६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives