Breaking News

Radio Star

बलिउड अभिनेता अक्षय कुमार र विद्या बालन अभिनित फिल्म ‘भूल भुलैया’को सिक्वेल बन्ने भएको छ । अहिले हिट फिल्मको सिक्वेल निर्माण गर्ने लहर चलेको त्यहि लहरमा २००७ सालमा प्रर्दशन भएको फिल्म भूल भुलैया पनि सामेल हुँदैछ ।

यो फिल्म हरर कमेडी फिल्म हो । यो फिल्म बक्स अफिसमा सफल भएको थियो । फिल्ममा विद्या बालनले दर्शकलाई डराउन सफल भएकी थिइन् भने अक्षय कुमारले भुतको सामना गरेका थिए । तर यसको सिक्वेलमा अक्षय र विद्या नहुने फिल्मका निर्देशक फरहाद सामजीले जानकारी दिएका छन् । फिल्मको लागि निर्देशक सामजी स्क्रिप्ट तयार पार्दैछन् । उनी फ्रेस टिमसँग छिट्टै काम सुरु गर्ने योजनामा रहेका छन् । फिल्मको नाम निर्माता भूषण कुमारले रजिस्टर गरिसकेका छन् । भूल भुलैयाको निर्देशन प्रियदर्शनले गरेका थिए । यो फिल्म ‘मणिचित्रीथु’को रिमेक थियो । यो फिल्म तामिल ‘चन्द्रमुखी’ नाममा निमार्ण भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १७:०५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives